Government of Nepal Logo
Government of Nepal Logo
Government of Gandaki Province

Ministry of Energy, Water Resources and Water Supply

Water Supply, Water Resource and Irrigation Development Division Office

Beni, Myagdi

Government of Gandaki Province

Ministry of Energy, Water Resources and Water Supply

Water Supply, Water Resource and Irrigation Development Division Office

Beni, Myagdi

Low Bandwidth Invert Color A- A A+

Introduction 2077-05-24

परापूर्ब कालमा किसानहरुले आफनै स्थानीय सीप, प्रबिधि मार्फत् निर्माण तथा बिकास गरेका बाँध, पैनी, कुलो, कुलेसा तथा परम्परागत शैलीमा निर्माण गरिएका संरचनाहरुनै नेपालको सन्दर्भमा सिंचाई बिकासको खुडकिला मान्न सकिन्छ l सरकारी स्तरबाट बि.सं. १९८५ मा निर्माण भएको चन्द्रनहर तथा त्यसपछि बनेको जुद्द नहर निर्माण पछी आधुनिक सिंचाई प्रणालीको सुरु सुरुवात भएको देखिन्छ l बि.सं. २००७ सालमा प्रजातन्त्रको अभ्युदय पश्चात देशमा सिचाई योजनाको पूर्वाधार बिकास गरि कृषि उत्पादनमा बृद्दी गर्ने उद्देश्यको साथ संस्थागत प्रयास गर्ने अभिप्रायले बि.स.२००९ सालमा नहर विभागको स्थापना भएको र सोहि सरकारी निकाय बि.स. २०२९ पछि सिंचाई तथा जलबायु बिज्ञान बिभागमा नामाकरण भै यसै अन्तर्गत तत्कालिन अवस्थामा देशभरका ७५ जिल्लामा नै सिंचाई कार्यालय स्थापना गरि सिचाई बिकासको थालनी गर्ने नीति भए बमोजिम बि.सं.२०४५ सालमा जिल्ला सिंचाई कार्यालय, म्याग्दीको पनि स्थापना भएको र तत् पश्चात यस जिल्लामा पनि संस्थागत रुपमा सिचाई बिकास सम्बन्धि गतिबिधि अघि बढेको देखिन्छ l २०४६ सालको परिबर्तन पछी जनताहरुको बढ्दो ईच्छा, आकांक्षा र मागलाई समेत सम्बोधन गर्ने हेतुले सरकारी तबरबाट बिभिन्न समयमा जलश्रोत ऐन २०४९, सिंचाई नीति २०४९ तथा सिंचाई नियमावली २०५६ र त्यसपछि नीति तथा नियमावलीको क्रमश: २०५३,२०५६,२०६० तथा २०७० मा भएको समय सान्दर्भिक संसोधनले सिंचाई बिकासको लागी आधार स्तम्भ तयार गरेको देखिन्छ l कार्यालयको दायरा तथा कार्यक्षेत्र फराकिलो पार्न र अधिकार प्राप्त शक्तिसाली डिभिजन मार्फत २ या ३ जिल्ला हेर्ने गरि २०५८ सालमा सिचाई बिकास डिभिजनको अबधारणा अनुसार यस जिल्लाको सिचाई सम्बन्धि सम्पूर्ण कार्य बाग्लुंग डिभिजनबाट सन्चालन हुने ब्यबस्था भएको देखिन्छ l दुर्गम जिल्ला, यातायातको पूर्वाधार समेत बिकास नभई सकेको सन्दर्भमा पहाडी जिल्लाहरु लाई डिभिजन अवधारणा लैजादा जनताको सम्पर्क स्थापना, समन्वय, सहकार्यमा बाधा भै लाभग्राही समुह झन् राज्यको सुविधाबाट बन्चित हुन पुगेको अबस्थाले सिंचाई गतिविधिहरुमा झन् प्रत्यक्ष नकारात्मक असर परेकोले केन्द्रिकृत अवधारणा जस्तो लाग्ने यो प्रणाली बिस्तारै अभिसाप जस्तै भएको कुरा तालुक निकायले समेत महशुस गरेको रआ.ब.२०७२/७३ पछि पुन: प्रत्येक जिल्ला सदरमुकाममा नै सेवा कार्यालय स्थापना गरि प्रत्यक्ष जनताहरुको बिचबाट नै सेवा सुबिधा पुराउने नीति भए बमोजिम  सिंचाईमा जनताको पहुँच पुराउने हेतुले जलश्रोत तथा सिंचाई बिकास सब-डिभिजन कार्यालय, म्याग्दीको स्थापना भै सिचाई सम्बन्दी काम कारबाही अघि बढेको देखिन्छ l बदलिदो अवस्था र जनताको माग अनि कामको दायरा, बजेट लगानीको सन्दर्भलाई फराकिलो पारि“ सिंचाई गरौँ, उत्पादन बढाउं आत्मनिर्भर बनौ” भन्ने नारालाई सार्थकता दिने उद्देश्यले कामको दायरा फराकिलो पार्ने हेतु २०७५ देखि जलश्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालको रुपमा संचालन हुदै आबस्यक गतिबिधि  हुँदै आएकोमा यसै आ.ब. २०७७/०७८ साउन देखि खानेपानी तथा सरसफाई कार्यालय समेत संचालन गर्ने जिम्मेवारी प्राप्त भए अनुसार हाल  उर्जा, जलश्रेत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेश सरकार अन्तर्गत “खानेपानी, जलश्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, म्याग्दी“ को नाउँमा तोकिए बमोजिमका बिबिध कार्यक्रमहरु संचालन हुँदै आएको छ l गण्डकी प्रदेश सरकार अन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयले जारी गरेको  “बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धि एकीकृत कार्यविधि, २०७७"  समेत  जारी  भएकोले कार्यविधिको बुँदा, मर्म र भावना अनुरुप समेत सहजरुपमा आबस्यक कार्यक्रम संचालन हुदै आएको छ l


Last Updated : 2083-04-08 12:25:57

© All Rights Reserved to Water Supply, Water Resource and Irrigation Development Division Office

Powered By: ProActive Developers